तिलोत्तमाको मणिग्राममा महिलाले खोले सुबिधायूक्त सैलुन

तिलोत्तमाको मणिग्राममा महिलाले खोले सुबिधायूक्त सैलुन

बुटवल

तिलोत्तमाको मणिग्राममा महिला र पुरुष दुवैलाई गुणस्तिरिय सेवा दिने उद्धेश्य सहित डिभाइन युनेक्स सैलुन संचालनमा ल्याएका छन् । शनिबार नेपाल व्यूटिशियन संघ तिलोत्तमाका अध्यक्ष अन्जना केसीको अध्यक्षता र यस क्षेत्रका विभिन्न्न उद्योगी व्यवसायिहरुको उपस्थितिका एक औपचारिक कार्यक्रमकाविच डिभाइन युनेक्स सैलुनको समउद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै सैलुनका संचालक मीना खरेलले महिलाहरुले प्राय महिलाहरुलाई मात्र सेवा दिने व्यूटिपार्लर खोल्छन् भन्ने आम जनमासको सोचाई रहेको बताउनु भयो । समयको परिवर्तनसंगै व्यवसायमा पनि आधुनिकता ल्याउन आवश्यक भएकाले पनि आफूहरुले महिला पुरुष दुवैलाई सेवा दिने उद्धेश्यले सैलुन संचालनमा ल्याएको स.चालक खरेलको तर्क छ । कार्यक्रममा उद्योगी घनश्याम तिवारीले सुन्दरता सबैका लागि आवश्यक भएको बताउदै महिला र पुरुषको सेवाका लागि छुट्टाछुट्टै स्थानमा व्यवस्थित गरिएको भन्दै महिलाहरुको व्यवस्थापनको प्रशंसा गर्नुभयो । जसरी आकर्षकरुमा व्यवस्थापन गरिएको छ ,सेवा पनि त्यत्तिकै गुणस्तरिय दिन उहाँले संचालक द्धय अन्जना केसी र मीना खरेललाई सुझाव दिनुभयो ।कार्यक्रमका अध्यक्ष एवं डिभाइन शैलुनका अर्का संचालक अन्जना केसीले नेल एस्टेन्शन, हेयर सम्बम्बन्धी सम्पूर्ण काम, प्रोफेशनल मेकअप , आइल्यासेस लगायतक सेवा दिने र सिटीभिटीमार्फत व्यूटिशियन तालिम समेत संचालन गरिने बताउनुभयो । डिभाइन युनेक्स सैलुनमा सूरुवातको लगानी २५ लाखको गरिएको पनि संचालक केसीले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, पुष २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij