सैनामैना दलित उत्थान समिती द्धारा वडामा शाखा विस्तार कार्यक्रमलाई तिव्रता दिदै

सैनामैना दलित उत्थान समिती द्धारा वडामा शाखा विस्तार कार्यक्रमलाई तिव्रता दिदै

सैनामैना- दलित उत्थान समिती सैनामैना द्धारा वडा शाखा विस्तार कार्यक्रमलाई तिब्रता दिएको छ । दलित समुदायको हक,हित र अधिकारहरु स्थापित गर्दै जातिय विभेद बिरुद्ध संगठित रुपमा आवाज उठाउदै वडा शाखा बिस्तार अभियान संञ्चालन गरिरहेको छ ।
अभियान अन्तर्गत आज बुधवार सैनामैना ४ मा वडा शाखा कमिटी गठन गरिएको छ । र्मुिर्गया प्रगति टोल स्थित आमा समुहको भवनको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा माफर्त राजेन्द्र रणपालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरिएको छ जसमा मञ्जु परियार उपाध्यक्ष,कृष्ण सुनार सचिब ,रोहन सुनार सह सचिब ,सिता नेपाली कोषाध्यक्ष रहनुभएको छ भने शोभाखर बराल,उत्तम सुनार,धन ब. दर्जि,टेक ब.बिक, दल ब परियार सल्लाहकार समिती गठन गरिएको छ । सैनामैना नगरपालिका भित्र हुने जातिय विभेदका विरुद्ध तथा दलित समुदायका समस्या न्युनिकरणका साथै हक अधिकारका लागि संगठितरुपमा काम गर्नु पर्ने संस्थाका अध्यक्ष सुरज बरालले बताउनु भयो । उहांले भन्नु भयो “अब सैनामैना नगरभित्र रहेका दलितको जनसंख्या गणना गरि दलित समुदायको हक हित संगै आर्थिक स्तर उकास्नका लागि स्थानिय तह तथा बिभिन्न संघ संस्था संग समन्वय गरि परम्परागत पेशा र कृषि प्रणलीलाई आधुनिक व्यबसायीकता तर्फ लैजाने योजनामा छांै ।” त्यसका लागि सबै संगठित हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा दलित अभियान्ता तथा समितीका सल्लाहकार नर ब. सुनारले “सदियौं बर्ष देखि हेपिएका दलित समुदाय फेरि एक पटक आफनो अधिकारका लागि कुनै पनि पार्टी भन्दा माथी रहेर संगठित हुनु पर्ने कुरामा जोड दिनु भयो । सत्तामा पुग्न दलित समुदायको भोट चल्ने तर व्यबहारमा पानी समेत नचल्ने हुदां त्यसका बिरुद्ध एक जुट हुनु पर्ने बताउनु भयो ।”
वडा शाखा बिस्तार कार्यक्रम अन्तरगत यस अघि नगरको वडा नम्बर १० ,९,८,७,६,५ मा वडा शाखा बिस्तार कार्यक्रम सम्पन्न भैसकेको छ भने सनिवार वडा न.२ मा वडा शाखा कमिटी बिस्तार हुने संस्थाका महासचिब सन्तोष परियारले जानकारी दिनु भयो । कार्यक्रम सुरज बरालको अध्यक्षता ,जयलाल बिक स्वागत मन्तव्य तथा महा सचिब सन्तोष परियार को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij