कञ्चन
रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,कञ्चन ४,रुपन्देहीको दोश्रो योजना अन्तर्गत खानेपानी ओभरहेड टंकी निर्माण कार्यको शुभारम्भ लुम्बिनी प्रदेशका सभासद भुमिश्वर ढकालले गरेका छन। लुम्बिनी प्रदेशको करिब ८ करोड बजेटमा बन्न लागेको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टंकी निर्माणको कञ्चन ४ स्थित ढाव दियोमा शुभारम्भ गरेका हुन।
टंकी निर्माण कार्यको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सभासद भुमिश्वर ढकालले नेपाल सरकारको नीति अनुरुप लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशवासीहरुको घरघरमा शुद्ध पिउने पानीको व्यबस्था गरी एक घर एक पिउने पानीको धारा भन्ने नारालाई सार्थक बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन। रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं। ५ ९क०का सभासद तथा लुम्बिनी प्रदेश सभाका लागि नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को संसदिय दलका प्रमुख सचेतक समेत रहेका ढकालले आफु हिजो सभासद नहुदा होस या मौजुदा लुम्बिनी प्रदेश सभामा निर्वाचित सदस्य भएको अवस्थामा पनि निरन्तर रुपमा यस क्षेत्रको समग्र बिकासको पक्षमा लागि पर्दै आइरहेको बताउदै लुम्बिनी प्रदेशबाट हुन सक्ने हरेक कार्यहरुमा सदैव जनतासंग नजिक रहेर काम गर्ने समेत बताएका थिए ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले कञ्चनका बिपन्न तथा खानेपानीको धारा जडान गर्न नसक्ने गरिव घरपरिवारलाई निशुल्क रुपमा धारा जडान गर्न गाउपालिकामा आर्थिक सहयोग माग भएकोमा चालु आ।व।मा ४ लाख रुपैया बजेट व्यबस्थापन गरिएको आगामी बर्षमा सो सहयोगलाई निरन्तरता दिइएने बताएका छन।समय सान्दर्भिक बिषयमा आफ्नो धारण राख्दै अध्यक्ष क्षेत्रीले कञ्चनमा रहेका भुमिहिन दलित,भुमिहिन सुकुमवासी र अव्यबस्थित बसोवासीहरुका लागि व्यबस्थित गरेर असार मसान्त भित्रै जग्गाधनी पुर्जा उपलब्ध गराउन गाउपालिकाको सम्पुर्ण श्रोत साधन परिचालन गरिएको बताए ।
यस्तै लुम्बिनी प्रदेश,भौतिक योजना तथा पुर्वाधार मन्त्रालय खानेपानी महाशसाखाका प्रमुख ध्रुव धितालले कञ्चन गाउपालिकामा संचालित बिभिन्न खानेपानी तथा सरसफाई योजनाहरु तिब्र रुपमा निर्माण कार्यहरु भैरहेको र शुरुमा खानेपानीको योजना शुरुवात गर्दा धाराको पानी कसले पिउला भन्ने प्रश्नहरुले पछ्याएको भएपनि आज प्रश्न गर्नेहरुकै घरघरमा धारा जोडेर शुद्ध पानीको प्रयोग भएको देख्दा आफुलाई आनन्द आएको बताएका थिए । छोटो समयमै रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताहरुको मागलाई थाम्न नसकेपछि शाखा बोरिंगको रुपमा बिकास गरी ओभरहेड टंकीको निर्माण कार्य शुरु गर्नु खानेपानी तथा सरसफाई डिभिजन कार्यलय रुपन्देहीको पनि सफलताको रुपमा आफुले लिएको र खानेपानी बिस्तारका लागि आफुले आवस्यक सहयोगलाई निरन्तरता दिने बताएका छन।
संस्थाका सचिव रेशम बहादुर थापाको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट राष्ट्रिय जनमुक्ती पार्टीका क्षेत्रिय अध्यक्ष दुर्गा बहादुर थापा रबन्द्रि प्रसाद सुबेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । चालु आ।ब।मा १ करोड ४२ लाख रुपैयाको बजेटमा ओभरहेड टंकी,वाल,तथा अपरेटर कक्षको निर्माण हुने संसथाका अध्यक्ष दिनानाथ आचार्यले जानकारी दिएका छन। संस्थाका उपाध्यक्ष गेम बहादुर थापाको स्वागत तथा अध्यक्ष दिनानाथ आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्