संविधानमाथि आक्रमण भैरहँदा पत्रकारहरुले थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्छ : महासचिव सिवाकोटी

संविधानमाथि आक्रमण भैरहँदा पत्रकारहरुले थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्छ : महासचिव सिवाकोटी

बुटवल

नेपाल प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटीले संविधानमाथि आक्रमण भैरहेको बेला पत्रकारहरु थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपि ओलीले संविधानबिपरित संसद विघटन गरेको र असंबैधानिक कदम चालेको भन्दै उनले देशमा गैरसंबैधानिक काम भैरहेको र लोकतन्त्रमाथि प्रहार भैरहेको भन्दै ब्यबसायीक पत्रकारितासंगै देशको हितमा कलम चलाउन आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै महासचिव सिवाकोटीले प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने निर्णय भएको समेत जानकारी दिए ।

नेपाली पत्रकारहरुका तमाम समस्या रहेपनि यो बेला थप क्रियाशिल र ब्यबसायीक बन्नुपर्ने उनको तर्क छ । प्रेस युनियनको बर्दीयामा भएको कार्यसमितिको बैठकले युनियनको महाधिवेशन आउदो जेठको दोश्रो साता गर्ने निर्णय गरेको उनले बताए ।

अवको निर्बाचनमा असंबैधानिक काम गर्नेको पक्षमा लाग्ने पत्रकार समुहसंग चुनावी एकता हुने संभावना कम रहेको बताए ।महाधिवेशन स्थलको टुंगो र एलायन्सको बारेमा अन्तिम निर्णय भने सचिवालयले लगाउने उनले जानकारी गराए ।
उनले भने—‘हामी पत्रकार महासंघमा सबै साथीहरुलाइ समेटेर नेतृत्व गर्न चाहन्छौं,कसैलाइ पाखा र कसैलाइ काखा गर्ने हाम्रो बानी पनि छैन,गर्दैनौं ।’

सिवाकोटीले पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व समाल्नु पर्नेमा जोड दिए ।नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थामा क्रियाशिल र व्यवसायीक पत्रकारलाई नेतृत्वमा पुर्याएमा पत्रकारहरुको समस्या छिटो हलहुनसक्ने दाबि गरे ।रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कपिल ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij