बुटवल -सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा रुपन्देहि को सनिबार १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । स्थापना कालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउदै सर्बसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको छ । कार्यक्रमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रीय उपाध्यक्ष रेशम गिरीले लुम्बिनी प्रदेश लाई सूचना प्रबिधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप बढन सुझाब दिए । केन्द्रीय सदस्य नारायण श्रेष्ठले प्रविधि क्षेत्रको विकासमा नयाँपन आवश्यक रहेकोमा जोड दिए, क्यान जिल्ला शाखा पूर्व अध्यक्ष लोकरी पाण्डे लागएत बोलेका थिए । कार्यक्रममा क्यान महासंघ रुपन्देहिका अध्यक्ष रामुदेव गौतम बार्षिक प्रतिबेदन र भावी योजना प्रस्तुत गर्दै रुपन्देहि का सबै स्थानीय तहसंग मिलेर डिजिटल रुपन्देहिको अवधारणा ल्यायन तथा सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिका लाई अझ सक्रिय बनाउने बताए । त्यतै अबिधेशनमा सचिव जिवन अधिकारीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुभास घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : आइतबार, माघ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्