काठमाडौं ।
सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ । सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।
राजपत्रमा प्रकाशित भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३० दिनको हुने सरकारी निर्णय आएपछि जारी भएका चेकको अवधि १५ दिन मात्रै हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि सरकारी कोषबाट जारी हुने चेकको अवधि ३० दिनसम्म रहने व्यवस्था थियो ।
प्रकाशित मिति : आइतबार, माघ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्