बुटवल
बुटवल उपमहानगरपालिका वडा न ११ शान्तिचोकमा सवारी दुर्घटना भएको छ । बुधबार बिहान पुर्वबाट पश्चिम तर्फ गई रहेको लु २४ प ६१६४ नंको स्कुटर सोही दिशा तर्फ गई रहेको लु ३ त ४६१८ नम्बरको ट्याक्टर संग ठक्कर खाई दुर्घटना भएको थियो ।
सवारी दुर्घटनामा परी स्कुटर चालक रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं४ बस्ने बर्ष अन्दाजी ४५ को रवि गौतमको मृत्यु भएको छ । उनलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यू भएको लुम्बिनी ट्राफिक प्रहरी कार्यलय बुटवलले बताएको छ । उक्त ट्याक्टर र चालक वडा प्रहरी कार्यालय रामनगर बुटवलको नियन्त्रणमा रहेको छ ।
प्रकाशित मिति : बुधबार, माघ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्