काठमाडौं – आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वव्यापी रुपमा मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । विभिन्न कार्यक्रमहरु आयोजना गरेर लैंगिक विभेद अन्त्य गर्दै महिलाको हकअधिकारको स्थापना गर्ने उद्देश्यले मनाइने आजको दिनमा सामाजिक, आर्थिक, राजनीतिक, व्यवसायिक, सांस्कृतिक आदि क्षेत्रमा सफलता प्राप्त गरेका महिलाहरुको उपलब्धिको पनि सम्मान गर्ने गरिन्छ ।
पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा यो दिवस मनाइएको थियो । सन् १९१४, मार्च ८ मा जर्मनीमा मनाइएको यस दिवसलाई अहिले विश्वभरि मार्च ८ कै दिन मनाइने गरिन्छ । महिलाको मतदान अधिकार सुनिश्चित गर्नका निमित्त उक्त दिनलाई ‘नारी दिवस’का रुपमा मनाइएको थियो । यसको ठीक चार वर्षपछि सन् १९१८ मा मात्रै जर्मनीका महिलाहरुले चुनावमा मतदान गर्ने अधिकारको लडाइमा विजय प्राप्त गरेका थिए ।
नेपालमा पनि यस दिनलाई विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, अभियान सञ्चालन गरेर मनाइँदै आइरहेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्