दुग्ध प्रशोधन उधोग संचालन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

दुग्ध प्रशोधन उधोग संचालन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

सैनामैना
मर्यादित व्यबसाय र प्रबिधिमा सहभागीू भन्ने नारा सहित ६४ औं राष्ट्रिय सहकारी दिवस(२०७७ को अबसरमा दुग्ध प्रशोधन उधोग सम्बन्धी अन्तरकृया कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ।
दूध र दुग्धजन्य पदार्थहरुको बजारिकरण र दुग्ध प्रशोधन उधोग संचालनका लागि सैनामैना नगरपालिका,कञ्चन र गैडहवा गाउपालिकामा संचालित बिषयगत सहकारीहरु बिच भएको अन्तरकृया कार्यक्रममा लुम्बिनी बिशिष्टिकृत सहकारी संघका अध्यक्ष डा खगराज शर्माले दुग्ध प्रशोधन उधोग संचालन तथा सो को बजारिकरण बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र तथा लुम्बिनी बिशिष्टिकृत सहकारी संघ लिमिटेडले लिएको कार्यक्रम र परियोजनाबारे छलफलमा सहभागिता जनाउदै सानोतिनो बचत तथा ऋण सहाकरी संस्था कञ्चन४ का निर्बर्तमान अध्यक्ष नाम बहादुर के.सी.ले संघको लघु र दिर्घकालिन कार्योजना र लगानीको आधार के कसरी तयारी हुदैछ र प्रारम्भिक सहकारीहरुको सम्बोधन कसरी हुन सक्छ भन्नेबारे जिज्ञासा राख्नु भएको थियो भने मलावरदेवी दुग्ध उत्पादक सहकारी संस्थाका पुष्पराज शर्माले किसानहरुबाट संकलित दुधको भुक्तानी नपाइरहेको अवस्थामा यस संघबाट संचालित हुन दुग्ध प्रशोधन उधोगबाट पनि सोही व्यवहार हुने हो कि भन्ने जिज्ञाशा राखेका थिए।
यसैगरी लहर सामजिक महिला उधमी सकारी संस्थाका अध्यक्ष राधिका चौधरी,कञ्चन महिला उधमी कृषि सहकारी संस्थाका अध्यक्ष हिमा बेलबासे, प्ररोहवा बचत तथा ऋण सहकारी संस्थाका दिनेश कुमार घिमिरे लगायतले सहाकरी संस्थाहरुबाटै उधोग संचालन गर्नु सकारात्मक पक्ष रहेको र उधोग संचालनका लागि सहकारीहरुको सहयोग र साथ हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य भिम तुलाचनले अब सहकारीहरुले परमपरागत बचत तथा ऋणमा मात्र गर्ने कारोबारलाई उधमशिलता र सदस्यहरुको आत्मनिर्भरताको आधारहरुको पहिचान गरेर लगानी समेत गर्नु पर्ने आवस्यक रहेको उल्लेख गरे
कार्यक्रममा सहकारी अभियानकर्मी भुमिलाल सापकोटा,सानाकिसान सहकारी संघ,प्रदेश संयोजक नर बहादुर घर्ति लगायतले सहकारी दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरेका थिए।
सहकारी सञ्जाल,सैनामैना र लुम्बिनी बिशिष्टिकृत सहाकरी संघ,तिलोत्तमा,रुपन्देहीको संयुक्त आयोजनामा संचालित कार्यक्रमको अध्क्षता सहकारी सञ्जाल,सैनामैनाका संयोजक खुशीराम चौधरीको अध्यक्षता तथा संघका सचिब गोपाल पौडेलले संचालन गरेका थिए।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij