बुटवल
सामाजीक रुपान्तरणका लागी सहकार्य नेपाल ले आज रुपन्देहीको बुटवलमा अवस्थित भ्यु टावर क्षेत्रको सरसफाई गरेको छ । अभियानले बुटवल उपमहानगरपालीका वडा नम्बर १३ मा अवस्थित पाणीनी उद्यान क्षेत्रमा रहेको बुटवल भ्यु टावर क्षेत्र वरपरको सरसफाई गरेको हो ।
बुटवल उपमहानगरपालीकाका बरिष्ठ अधिकृत राम प्रसाद अर्यालको उपस्थितीमा सरसफाई अभियान अन्तर्गत भ्यु टावर क्षेत्रवरपरको फोहरहरु संकलन गरी उपहानगर पालीकाको फोहर व्यवस्थानको गाडीमा फोहरको व्यवस्थापन गरिएको संस्थाका सचिव नारायण भुषालले जानकारी दिए । स्थानीय समाजसेवी, ज्ञानहरी बन्जाडेले संस्थाको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्य गर्न अग्रसर लिनुपर्ने बताए । कार्यक्रमा संस्थाका पदाधिकारी स्थानीय गरी करिब ५० जनाको संयुक्त उपस्थितीमा फोहोर व्यवस्थापन तथा सरसफाई गरिएको र आगामी दिनमा पनि एतिहासिक एव पुरातात्विक क्षेत्र वरपरको सरसफाईको कार्यलाई अभियानको रुपमा निरन्तरता दिने संस्थाका अध्यक्ष रुकमणी भट्टराईले बताए ।
प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्