बालबालिकाकाे स्वास्थ्यप्रति गम्भीर हुन मानवअधिकार आयाेगकाे आग्रह

बालबालिकाकाे स्वास्थ्यप्रति गम्भीर हुन मानवअधिकार आयाेगकाे आग्रह

काठमाडाैं – राष्ट्रिय मानव अधिकारले कोभिडको समस्या बढ्दै गएकोले बालबालिकाकाे स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकारकाे आग्रह गरेकाे छ । आयाेगले विद्यालय तथा शैक्षिक संस्था मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्य चुनौतीलाई ध्यानमा राखेर सरोकार सम्बद्ध सबैले मापदण्ड पुरा गरी शैक्षिक संस्था सञ्चालन गर्न ध्यानाकर्षण गराएको हो । त्यस्तै विशेष भीडभाड हुने स्थानमा विशेष होसियारी अपनाएर हिँड्न पनि आयोगले सर्वसाधारणलाई अपिल गरेको छ ।

आयोगका सहसचिव टीकाराम पोखरेलको विज्ञप्तिमा भनिएको छ ‘ बालबालिकाको उच्चतम स्वास्थ्यलाई मानव अधिकारले सँधै गम्भीर रुपमा लिने भएको हुँदा उनीहरुको स्वास्थ्य प्रतिरक्षाका खातीर मानव अधिकार सँधै होसियार हुन्छ ।’

विगत केही समयदेखि नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले यस्तो बताएको हो । नेपालमा कोरोना संक्रमण र कोरोनाको मृत्युदर बढ्दै गएको अवस्था छ ।

आयाेगले काेराेना संक्रमण बढ्दै गएपछि विद्यालयहरुकाे निरिक्षण र अनुगमनसमेत गरेकाे पनि बताएकाे छ ।

facebook sharing button
messenger sharing button

प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij