रुपन्देहीको सैनामैनामा कोरोना संक्रमितले गरे आत्महत्या

रुपन्देहीको सैनामैनामा कोरोना संक्रमितले गरे आत्महत्या

|फाइल तस्बिर|

कठमाडौं – रुपन्देहीमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका– १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय एक पुरुषले शनिवार बिहान अस्पतालको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

अस्पतालका स्वास्थ्य प्रमुख मेहराज पन्थीले  दिएको जानकारीअनुसार ती पुरुषले आत्महत्या गरेका हुन् । ‘उहाँमा खासै स्वास्थ्य समस्या पनि थिएन,’ प्रमुख पन्थीले भने– ‘तर उहाँले आत्महत्या गर्नुभएछ । स्वास्थ्य अवस्था सामान्य थियो । एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’

तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij