काठमाण्डौ ।
नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिनुभयो ।
ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उहाँले बताउनुभयो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।
दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्