भाडा बढेपछि रुपन्देहीमा सार्वजनिक सवारीको नयाँ भाडादर यस्तो छ

भाडा बढेपछि रुपन्देहीमा सार्वजनिक सवारीको नयाँ भाडादर यस्तो छ

file

बुटवल ।  सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिसतसम्म बढेको छ । बढेको भाडादर दुई वा दुई भन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक लागु हुने छ ।

अघिल्लो सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक गरेको छ। बढेको भाडा अनुसार अब बुटवलबाट काठमाडौँ को भाडादर अब ६ सय ५१ रुपैया भएको छ । यसअघि ५ सय १९ रुपैया थियो ।

त्यसैगरी भैरहवाबाट काठमाडौँको लागि ७ सय ४ रुपैया भाडा तिर्नुपर्ने छ । यस अघि ५ सय ६१ रुपैयाँ रहेको थियो ।

बुटवल- नेपालगञ्जको लागि ६३६, भैरहवा- नेपालगञ्जका लागि ६८७, बुटवल-पोखराबा लागि ५०२ रुपैयाँ तोकिएको छ ।

परिवर्तित भाडादर अनुसार पोखरा-भैरहवा-सुनौलीको ५६६, बुटवल-गुलरियाको ६६८, बुटवल-नारायणगढको २८४, बुटवल-सुर्खेतको ८९० र बुटवल- काकडभित्ता को १४७० रुपैयाँ तोकिएको छ ।

त्यस्तै भैरहवा स्याङजा हुँदै बाग्लुङ, तम्घासबाट काठमाडौँ १०५४ र तानसेनबाट काठमाडौँ ७७१ रुपैयाँ भाडादर कायम भएको छ ।

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij