मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्न्ो नारासंगै श्री डिङ्गरनगर दुर्गामी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटडेले आइतबार एक अौपचारिक कार्यक्रमका विच आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको छ । एकीकृत घोषणा सभा तथा कार्यालय शुभारम्भ कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष घनश्याम तिवारीले पञ्च कन्यासहित रीवन काटेर कार्यालयको शुभारम्भ गर्नु भएको हो । २०५० साल कात्र्तिक ७ गते स्थापित श्री डिङ्गरनगर दुग्ध विकास सहकारी संस्था लिमिटेड र २०६७ चैत २८ गते स्थापित श्री दुर्गामी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकृत गरि श्री डिङ्गरनगर दुर्गामी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको नामबाट एकीकृत सेवा सुरु गरिएको अध्यक्ष तिवारीले बताउनु भयो । हाल तिलोत्तमा ३ मा आफ्नो नीजि भवनबाट कार्यालय संचालन गर्न सफल उक्त सहकारी लुम्बिीनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मिति २०७८ असार २९ गतेको निर्णय अनुसार एकीकृत सेवा सुरु गरिएको बताउदै दवै संस्था एक भएपछि ०४ २०५०।२०५१ मा यस संस्थाको स्थापना भएको मान्यता पाएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा दुबै सहकारी संस्थालाई एकीकृत गर्न भूमिका खेल्नुहने अग्रज एवं संस्थाका सल्लाहकार बेल प्रसाद शर्मा र हरी तिवारीले भौतिक दुरीको हिसावले नजिक यि दुवै संस्था एकीकृत गर्नकालागि सहजरुपमा स्विकार गरि सहयोग गर्नुहेने संचालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्वाद व्यक्त गर्दै आगामी दिनमा सहकारीको मर्म, भाव,उद्धेश्य र सहकारी सहकारी नीति अबलम्बन गर्दै अगाडि बढ्न सुझाव दिनुभएको थियो । संस्थाका संरक्षक कुमार बहादुर सिङ्गले एकीकृत सेवा शुरु गर्नु उपल्धीमुलक नभएको भन्दै दुवै सहकारी संस्थामा आबद्ध सेयर सदस्यहरुको भाबनात्मक एकता स्थापित गरि पारदर्शी सेवा प्रवाह गर्नमा जोड दिनुपर्ने बताउनु भयो । सहकारी संस्थाका सचिव राम बहादुर थापाको संचालनमा भएको एकीकृत घोषणा तथा कार्यालय शुभारम्भ कार्यक्रममा संस्थाका संरक्षक,सल्लाहकार,कार्यसमितिका पदाधिकारी तथा सदस्य र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : आइतबार, साउन २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्