बुटवल ।लायन्स क्लव अफ बटौली तथा लियो क्ल्व अफ बटौलीले आज सयुत्त रुपमा फुलका बिरुवाा तथा बिरुवा राख्ने गमला हस्तान्तरण गरेका छन् । क्ल्वले आज एक कार्यक्रमको आयोजना गरी सो सामाग्रीहरु बुटवल १ मा अवस्थ्ति बुटवल मा।विलाई हस्तान्तरण गरेको हो ।
लायन्स तथा लियो क्लवका अध्यक्षद्धय लोक प्रसाद भण्डारी र निलकण्ठ बस्याल ज्युको सयुक्त अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा बुटवल उपमहानगरपालीका वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले बुटवलकै पुरानो बिद्यालयमा आएर सहयोग गरेको भन्दै धन्यवाद दिनु भयो ।
फुलका बिरुवा तथा गमला लगायतका सामाग्री लिदै बिद्यालका प्राचार्य घनश्याम गौतमले बिद्यालयका भौतिक गुणस्तर बृद्धिका लागी विभिन्न समयमा हुने यस्ता सहयोगहरुले टेवा पुगेको उल्लेख गर्नु भयो ।
लायन्स जिल्ला परिषद ३२५ बी २ का एरिया ४ कोर्डिनेटर जिवन गौतम, क्लवका सस्थाापक अध्यक्ष तथा रिजन ४९ च्यरपर्सन बिनित भट्टराई, लियो जिल्ला परिषद ३२५ बी २ का उपाध्यक्ष लिला मणी न्यौपाने लागयतले बाल्नु भएको थियो । क्लवका सचिव श्रीधर पोख्रेलको संचालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्