गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्‍यु

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्‍यु

बुटवल – गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका-८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो खस्दा घरमा सुतिरहेका छोरीहरू २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

राति करिब १ बजे घरमाथिबाट पहिरो आई घरको वाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएका उनीहरूको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।

उनीहरूको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक परियार, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरूलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असोज ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij