राष्ट्कवि माधव प्रसाद घिमिरे पुरस्कार बाट छन्दकवि कविराज पौडेल सम्मानित

राष्ट्कवि माधव प्रसाद घिमिरे पुरस्कार बाट छन्दकवि कविराज पौडेल सम्मानित

बुटवल –नव जागृति पुस्तकालयको आयोजनामा स्रष्ठा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्कवि माधव प्रसाद घिमिरेको १०३ औ जन्मजयन्तीको अवसरमा श्रष्ठा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम गरिएको हो । बुटवल उपमहानगरपालिकाल वडा नम्वर ४ अवस्थिीत विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा नेपाली साहित्यका छन्दकवि कविराज पौडेललाई राष्ट्कवि माधव प्रसाद घिमिरेको जन्मजयन्तीमा सम्मान गरिएको हो ।

श्रष्ठा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रममा शिक्षाविद् तथा वरिष्ट साहित्यकार बालकृष्ण भट्टराईले राष्ट्कवि माधव प्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार प्राप्त गर्नुहुने छन्दकवि कविराज पौडेललाई बधाई दिदै आगामी दिनहरुमा साहित्यको क्षेत्रमा अझ बढी सक्रियता साथ अगाडि बढन् आग्रह गर्नु भयो । राष्ट्कवि माधव प्रसाद घिमिरेका कवितामा जुन प्रकारको सकारात्मक चिन्तन पाईन्छ त्यस्तै छन्दकवि कविराज पौडेलको कवितामा पनि नकारात्मक चिन्नत भन्दा सकारात्मक सन्देश प्रबाह गर्ने किसिमका कविताहरु प्रकाशित गरी नेपाली साहित्यको छन्द विधामा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । त्यस्तै श्रष्ठा सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले नेपाली भाषा, साहित्यको क्षेत्रमा योगदान पुराउनुहुने हरेक कविको नाममा छ वटा पुरस्कार स्थापना गरिएको बताउदै उहाँहरुको जन्मजयन्तीको अवसर पारेर स्रष्टालाई सम्मान गर्ने बताउनु भयो । यसले गर्दा नेपाली साहित्यको क्षेत्रमा महव्वपूर्ण योगदान गर्ने हरेक कवि प्रति सच्चा श्रद्धान्जली हुने विस्वास व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा पुरस्कार समितिका संयोजक डा हिरण्यलाल ज्ञवालीले नव जनगृति पुस्तकालयले कविको नाममा स्थापित पुरस्कार जुन कविको विधासंग सम्बन्धित छ त्यही अनुसार पुरस्कृत गर्दा समय सान्दर्भिक हुने बताउदै सम्मानित स्रष्टालाई बधाई तथा आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा सम्मानित श्रष्ठा कविराज पौडेल र उहाँकी धर्मपत्नी हिरा शर्माले रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम नव नागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षाविद् एवम् वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईको प्रमुख आतिथ्यता, विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय वरिष्ट उपाध्यक्ष वेन बहादुर पौडेलको विशिष्ट आतिथ्यता, विश्व हिन्दु महासंघ महिला समिति रुपन्देहीका अध्यक्ष अम्विका पौडेल क्षेत्रीको शुभकामना मन्तव्य, पण्डित कृष्ण प्रसाद कोइराला, पुनाराम पेखर्रेल, डा डुकुलराज घिमिरे , उर्मिला क्षेष्ठ लगायतले बोल्नु भएको थियो । यसैबीच विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीले आफनो नियमित बैठक तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नव जागृति पुस्तकालयबाट प्रकाशित हुने ॐ ज्ञानज्योतीको संयुक्त रुपमा विमोचन गरिएको हो साथै विश्व हिन्दु महासंघमा आजिवन सदस्य बन्नु हुने सदस्यहरुलाई समेत सम्मान गरिएको हो ।

प्रकाशित मिति : शनिबार, असोज १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij