बुटवल
अपाङ्गता महिला संघ–रुपन्देही को प्रथम साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
अध्यक्ष कल्पना ढकालको अध्यक्षता मा बुटवल उपमहांनगरपालीका वार्ड न १६ का वार्डका कार्यवाहक अध्यक्ष बबीता आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यवाहक अध्यक्ष वबिता आचार्यले अपाङ्गता हुदैमा केही पनिक मजोर नहुने बताईन । उनले स्थानिय तहले अपाङ्गता समुदाय र महिलाहरुको लागि जहिले पनि सहयोग गर्ने बताईन ।
कार्यक्रममा बुटवल उपमहांनगरपालीका वार्ड न १६ का जनप्रतीनिधी निरु बि.क, रुपन्देही अपाङ्ग पुनस्थापना केन्द्र अध्यक्ष सुबी गुरुङ्ग, अपाङ्ग जीबनको पाईलामा सहकार्य सस्था सदस्य मैयां लम्साल, सहभागीहरुबाट बिनीता भण्डारी लगायतले शुभकामना मन्तज्यष् राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष कल्पना ढकालले संस्थाले गरेका कार्यक्रमहरुको विषयमा जानकारी दिदै आगामी दिनमा गर्ने कार्ययोजनाको विषयमा प्रकाश परेकी कार्यक्रमको सञ्चालन पार्बती न्यौपानेले गरेकी थिईन ।
प्रकाशित मिति : आइतबार, असोज २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्