दाङ ।
सल्यानको कालीमाटीबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा परी जीप धनी देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ।
दाङको बबई गाउँपालिका वडा नं ३ ठाडो खोलामा बिहान साढे ९ बजेतिर जीप दुर्घटनाको खबर आएपछि प्रहरी घटनास्थलतर्फ पठाएर घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय हापुरेका सई केशव रेग्मीले जानकारी दिए।
जीपको अल्फाबेट खुलिनसकेको र घाइतेलाई उद्धार गरी तुलसीपुरतर्फ पठाउने क्रम जारी रहेको उनले बताए। केही घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाँदै गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्