काँग्रेस महाधिवेशन प्रतिनिधी केसी माथी भएको आक्रमणको भ्रत्सना

काँग्रेस महाधिवेशन प्रतिनिधी केसी माथी भएको आक्रमणको भ्रत्सना

बुटवल -नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा महाधिवेशन प्रतिनिधी दीर्घबहादुर केसी (कुमार) माथी भएको आक्रमणको नेपाली काँग्रेस क्षेत्रीय समितिले निन्दा एवं भत्सना गरेको छ ।
नेपाली काँग्रेस क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समिति, बुटवल नगर समिति र महाअधिवेशन प्रतिनिधीहरुले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनको मतगणना भैरहेको वेला उम्मेदार माथी नै आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै खेद व्यक्त गरिएको छ । ‘नेपाली काँग्रेसकाे मूल्य र मान्यता विपरित साैहार्द्ध र शान्तिपूर्ण वातावरणमा भईरहेकाे मतगणना कार्यलाई समेत प्रभावित पार्नेगरी बुटवल ११ निवासी रीता केसी र बुटवल ९ निवासी प्रशान्त काेईरालाले प्रदर्शन गरेकाे अभद्र व्यबहार र आक्रमणकाे जति निन्दा गरेपनि कम हुन्छ ।’ बिज्ञप्तीमा भनिएको छ–‘प्रहरी प्रशासनकै अगाडि उम्मेद्वारमाथि आक्रमण हुनु र आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्नुको साटो सुरक्षा प्रदान गर्नुले प्रहरी प्रशासनकै आडमा आक्रमण भएको हो भन्ने आशंका उब्जिएको छ ।
रुपन्देही क्षेत्र नं. २ का सभापति हरी लम्साल, प्रदेश सभापति परशुराम ढकाल, खड्गबहादुर महत, बुटवल नगर सभापति खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधी रामबहादुर कार्की, रोमणीप्रसाद पाठक लगायतका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उम्मेद्वारमाथि आक्रमण गर्ने प्रशान्त काेईरालालाई यथाशिघ्र पक्राउ गरि कारवाहीको दायरामा ल्याउन समेत माग गरिएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार गत सोमबार भएको मतदानको मंगलबार मतगणना भएको थियो । मतगणना सकिने बेलामा मतगणना स्थलमै महाधिवेशन प्रतिनीधिका उम्मेदवार दीर्घबहादुर केसी माथि आक्रमण भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij