नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीको दुई पदमा ६ जनाले उम्मेदवारी दिएकामा थापा र शर्मा विजयी भएका हुन् ।
मत गणना नसकिँदै थापा र शर्मा निर्वाचित भएका हुन् । अब २८१ मत गणना गर्न बाँकी रहँदा थापा र शर्मा दुवैले त्यो भन्दा बढीको अग्रता लिएका छन् ।यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
प्रकाशित मिति : बिहिबार, पुष १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्