तिनाउ दानव करीडोर पिडित संघर्ष समिति आन्दोलन चर्काउँदै,अर्घनग्न प्रदर्शनदेखि तालाबन्दीसम्म गर्ने

तिनाउ दानव करीडोर पिडित संघर्ष समिति आन्दोलन चर्काउँदै,अर्घनग्न प्रदर्शनदेखि तालाबन्दीसम्म गर्ने

तिनाउ दानव करीडोर पिडित संघर्ष समितिले दाेस्राे चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघर्ष समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत पुस २० गते नगरपालिका गेट अगाडि थाल ठटाएर प्रदर्शन,पुस २२ गते उपमहानगरपालिका गेट अगाडि अर्घनग्न प्रदर्शन र पुस २५ गते नगरका सबै वडा कार्यालय सहित नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेका छन् ।

साथै त्यतिगर्दा पनि सुनाइ नभएमा जनप्रतिनिधि लाई सामाजिक बहिस्कार गर्ने कार्यक्रम तय भएको संघर्ष समितिका अध्यक्ष आत्मा बहादुर रानाले जानकारी दिए ।

माग सम्बोधनको लागि शान्तिपुर्ण प्रदर्शन, नगरपालिका घेराउ, राजनीतिक दल सहितको प्रतिबद्धता सभा गर्दा पनि नगर प्रमुख शिवराज सुवेदीले माग सम्बोधन गर्नु त परै जावस् संघर्ष समितिसँग भेटघाट गर्न समेत नमानेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको संघर्ष समितिका सल्लाहकार बीरेन्द्र बहादुर बिकले बताए ।

पिडित जनताको माग सुनाइ गर्नुको साटो नगर प्रमुख सुवेदीले संघर्ष समितिसँग भेट्न नमान्नु , उल्टै आन्दोलनरत जनताको विषयमा नगर प्रमुख र केहि जनप्रतिनिधिहरुले विभिन्न भ्रम सिर्जना गर्दै हिडेको संघर्ष समितिको आरोप छ ।

पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष राजु शाही,कोषध्यक्ष रोहित शाह लगायतले आफुहरुका माग बारे चरणवद्ध आन्दोलन गर्दा समेत नगरपालिकाले सुनुवाई गर्नुका साथै आन्दोलन प्रतिनै भ्रम फैलाउदै हिडेकोले बाध्य भएर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । जनताको मत र कर चल्ने तर जनता किन नचल्ने भनेर प्रश्न गरे ।

उनीहरुले तिनाउ दानव करिडोर पीडित जनतालाई उचित क्षतिपूर्ती सहित ब्यवस्थापन गर्नुपर्ने माग गरे । आफुहरुका मागको बिषयमा यसअघि बिभिन्न राजनीतिक दल, स्थानीय सरकार, नगरप्रमुख र प्रदेश सरकार समेतलाई ज्ञापनपत्र बुझाएको स्मरण गराउदै संघर्ष समितिद्धारा जारी विज्ञप्तिमा तिनाउ दानव करिडोर योजना सुरुहुन पुर्ब सडक डिभिजन कार्यालयले नगरपालिकालाई सोधेको प्रश्नमा नगरपालिकाले करिडोर क्षेत्रमा मुवाब्जा समन्धी कुनै पनि बिबाद नरहेको भनि झुठो बिबरण पेश गरेको दाबी गरिएको छ ।

 

प्रकाशित मिति : शनिबार, पुष १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij