लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने गठबन्धनको दाबी

लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने गठबन्धनको दाबी

बुटवल– सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ। पाँच दलीय गठबन्धनले सोमबार बुुटवलमा पत्रकार सम्मेलन गर्दै आफ्ना उम्मेदवारहरुको जित निश्चित भएको दावी गरेको हो।

लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानुनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जित हुने  नेताहरुले बताएका छन्।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा,  पाल्पाबाट नेकपा (एकीकृत समाजवादी)का  राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा छन्।

पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जनाले आफूहरुले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेसका शर्माले बीपीबाट प्रभावित भएर २०३० सालमा कांग्रेस बाँकेको सचिव भएर राजनीति सुरु गरेको बताए। पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले  २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूूल्यांकन गरेको बताइन्।

अर्का उम्मेदवार तुलबहादुर विश्वकर्माले आफ्नो उम्मेदवारी सामाजिक विभेदको अन्त्य र सामाजिक न्याय स्थापित गर्नका लागि भएको बताए। तीनै जना उम्मेदवारले गठबन्धनका सबै दलमा रहेकाहरुबाट मत पाउने आशा राखेका छन्।  एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफूहरुसँग एक हजारभन्दा बढी मत अन्तर रहेकाले सजिलै जित्ने बताए। उनले १५ सय मतान्तरले जित्ने दाबी गरे।

कांग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बोमबहादुर खत्रीले विज्ञप्तिमार्फत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन्।

लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ। यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरी २ सय ९६ जना कुल मतदाता छन्। यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ।

प्रकाशित मिति : सोमबार, माघ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij