काठमाडाैं – निर्वाचनबारे छलफल गर्नका लागि सत्तारूढ गठबन्धन दलको बैठक आज पनि बस्ने भएकाे छ । हिजाे बसेकाे प्रधानमन्त्री शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीचकाे त्रिपक्षीय भेटवार्तामा शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको थियाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकमा उनीहरु बीच समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएकाे छ । आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल हुने जनाइएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्