संसद् बैठक आज, टेबल होला त एमसीसी सम्झौता ?

संसद् बैठक आज, टेबल होला त एमसीसी सम्झौता ?

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ तर, संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी प्रस्ताव समावेश छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

सरकारले सर्वाधिक चर्चा र विवादित बनेको एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए । यो विषयमा सभामुख सकारात्मक रहेको कांग्रेसको भनाइ छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी एमसीसीको पक्षमा खुलेका छैनन् । प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij