बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी : बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्।

बैतडीको पाटन नगरपालिका-३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। मृत्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्।  स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए। टिप्पर मोड्ने क्रममा अपरान्ह साढे ४ बजेतिर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

घाइते विद्यार्थीलाई उपचारका लागि डडेल्धुरा पठाइको उनले बताए।

प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij