गुल्मी
गुल्मी काँग्रेसको अठोटः सबल वडा, सक्षम टोल अभियानको जिल्लाका ९३ वटै वडामा मध्य–समीक्षात्मक बैठक सम्पन्न भएको छ ।
गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभारम्भ गरिएको “गुल्मी कांग्रेसको अठोटः सबल वडा, सक्षम टोल” नामक अभियानको मध्य–समीक्षात्मक बैठक सम्पन्न भएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताएका छन् । अभियानको मध्य–समीक्षात्मक बैठकमा ९३ वटै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको सभापति पन्थीले बताए ।
पन्थी सभापति भएपछि गएको पौष २१ गते नेपाली काँग्रेस गुल्मीको पहिलो बैठकले “गुल्मी काँग्रेसको अठोटः सबल वडा, सक्षम टोल” अभियान नामक संकल्प पारित गरेको थियो । पार्टी सँगठन लाई बलियो बनाउन लागि यस्तो अभियान सञ्चालन गरेको काँगे्रसले बताएको छ ।
काँग्रेस पार्टीलाई जिल्लामा सबल र सक्षम पार्टी बनाउन यो अभियान चलाएकोे बताएको छ । जिल्लामा काँंग्रेसलाई एकताबद्ध बनाउनको लागि पनि यो अभियान महत्वपुर्ण रहने सभापति पन्थीको दाबी छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्