स्थानीय तहको निर्वाचन : काँग्रेसले छान्यो बुटवलको वडा नं. ९ मा उम्मेद्वार

स्थानीय तहको निर्वाचन : काँग्रेसले छान्यो बुटवलको वडा नं. ९ मा उम्मेद्वार

बुटवल

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. ९ मा उम्मेद्वार चयन गरेको छ । नेपाली काँग्रेसको मंगलबार बिहान भएको वडा भेलाले सर्वसम्मत रुपमा वडाको उम्मेदवार चयन गरिएको हो ।

भेलाले वडा सभापति प्रदिपकुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै वडा सदस्यहरुमा खुल्लाबाट सुर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट ईन्दिरा ज्ञवाली र दलित महिलाबाट मायाँ परियारलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको मनकामना टोल समितिका संयोजक नारायण खनालले जानकारी गराउनु भयो ।

काँग्रेस आपसमा नमिलेकै कारण अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारले हार व्यहोर्नु परेको भन्दै अहिले जसरी पनि जीत हात पार्नेगरी काँग्रेस मिलेर अगाडि बढिएको उहाँको भनाई छ । भेलाले जसरी सर्वसम्मत नाम अगाडि सारेको छ, त्यसैगरी चुनावमा पनि एक भएर जाने उहाँले बताउनु भयो ।

पार्टीका वडा सभापति प्रदिपकुमार श्रेष्ठले पनि पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीत निकाल्न सकिन्छ भन्ने विश्वास बढेको बताउनु भयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij