४ दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न नेपाली कांग्रेसको निर्देशन

४ दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न नेपाली कांग्रेसको निर्देशन

काठमाडौं ।

नेपाली कांग्रेसले ४ दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन जारी गरेको छ। कांग्रेसले ७७ वटै जिल्ला समितिमार्फत् ७५३ वटै स्थानीय तहका समितिलाई परिपत्र गर्दै बैशाख २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो।

प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्षरउपाध्यक्ष र मेयररउपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको बताए।

काग्रेसको परिपत्रमा वडा समितिको बैठक चैत २० गते बसेर चैत २१ गते उम्मेदबार सिफारिस गरि माथिल्लो तहमा पठाउने अन्तिम मिति तोकिएको छ। गाउँपालिकारनगरपालिका समितिले चैत २२ गतेसम्म बैठक बसेर चैत २३ गते सिफारिस गर्नुपर्ने छ। त्यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठक चैत २४ गतेसम्म सकेर चैत २५ गतेसम्म सिफारिस गरिसक्न कांग्रेसको निर्देशन छ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको बैठक चैत २६ गते बस्ने र चैत २९ गतेसम्म सिफारिस गर्नुपर्ने भनिएको छ। जिल्ला समितिको बैठक चैत २८ गते बसेर चैत २९ गते नाम सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ। एउटै पदमा धेरै जनाको नाम आए तथा नाममा विवाद भएमा जिल्ला हुँदै माथिल्लो निकायमा पठाइने छ।
कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिकारनगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँरनगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ। विधानअनुसार उम्मेदवार चयन गरेर पठाउन निर्देशन गरिएको प्रवक्ता महतले बताए। वडा र पालिका कार्यसमितिबाट भएको सिफारिसकै आधारमा माथिल्लो तहले उम्मेदवारको तय गर्ने र वडामा कसले चुनाव जित्न सक्छ ? पालिकामा कसले चुनाव जित्न सक्छ ? त्यो कुरा सम्बन्धित तहकै साथीहरूलाई थाहा हुने भएकाले सोही अनुसार सिफारिस भएर आउने महतको भनाइ छ।
कांग्रेसले चैत्र २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ। त्यस्तै, चैत्र २२ गते पालिका तहमा बैठक बस्नेछ। बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ। प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij