कांग्रेसले टुंग्यायो रुपन्देहीका ६ नगरका मेयर उम्मेदवार

कांग्रेसले टुंग्यायो रुपन्देहीका ६ नगरका मेयर उम्मेदवार

बुटवल – नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे हुने भएका छन् । उनी नगर सभापति हुन् ।

यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खाँण हुने भएका छन् ।

सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मा उम्मेदवार हुने भएका छन् । पाण्डे, खाँण र शर्मा तीनै जना अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए ।

तीनै जना एमालेका उम्मेदवारसँग पराजित भएका थिए । यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन

प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij