कपिलवस्तु ।
कपिलवस्तुका २ जनाको चितवनमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिकाल९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिका १९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ ।
साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खस्नु भएको र छतिराम खसेपछि उहाँलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिर्दा दुबै जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।
छतिराम र राम साला भेना रहेको बताईएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्