संसद बैठक आज: बजेटमाथि उठेका प्रश्नको १० मन्त्रीले जवाफ दिने

संसद बैठक आज: बजेटमाथि उठेका प्रश्नको १० मन्त्रीले जवाफ दिने

काठमाडौ – प्रतिनिधिसभाको आजको बैठकमा १० जना मन्त्रीले बजेट माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ।

 

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमाथिको जवाफले नै निरन्तरता पाउने संघीय संसदको सचिवालयले जनाएको छ।

आज बस्ने बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय सहित १० मन्त्रालयका मन्त्रीहरूले संसदमा जवाफ दिनेछन्।

आजको बैठकमा युवा तथा खेलकुद, शहरी विकास, कृषि तथा पशुपन्क्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij