काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु भएको छ ।
अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उहाँ बैठकमा अनुपस्थित हुनुभयो ।
समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने भने पनि बिहान उहाँको सचिवालयबाट बैठकमा आउन नसक्ने जानकारी गराइएको थियो । अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।
प्रधानमन्त्री बैठकमा नगएर संसदीय समितिलाई अपमान गरेको खरेलले बताउनुभयो । यसअघि अस्ति शुक्रवारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
अस्ति समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग पनि छलफल गरेको थियो । उहाँहरुले एसपीपी नेपालको हितमा नरहेको भन्दै यसमा सम्झौता नगर्ने बताउनु भएको थियो ।
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्