बुटवल
रुपन्देहीमा हतियार सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले तीन जना भारीय नागरिकलाइ हतियार सहित नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीको टोलीले गएराती युपी ५५ एडी ०६८४ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जना भारतीयलाइ हतियार सहित बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक भारतको सिद्धार्थनगरका ३४ बर्षीय चिनक भनिने मेदि हुसेन,मोटरसाइकलको पछाडी सवार ५५ बर्षका आसिक अलि र ५१ बर्षका अक्बर खान रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले बताए । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान,के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र १ थान चक्कु फेला पारेको प्रहर उपरीक्षक रेग्मीले जानकारी दिए ।
मेदि हुसेनले कम्मरपेटीमा कालो प्लाष्टिकको झोला भित्र ती हतियार बोकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ । सुराकीको आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनीहरु भाग्न खोजेको र सोही क्रममा गोरु संग ठोक्कीएर मोटरसाइकल पल्टीएको थियो । सो क्रममा तीनै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, असार २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्