अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज प्रतिनिधि सभा बैठकमाे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले राजीनामा दिनुभएकाे हाे ।

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएकाे छ ।

‘मेराे राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेकाे छैन । तथ्यमा गइदिनुहाेला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयाे ।

प्रकाशित मिति : बुधबार, असार २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij