काठमाडौं – साझा यातायातले बिजुलीबाट चल्ने तीनवटा बस आज (बिहीबार) देखि नियमितरुपमा सन्चालन गर्दैछ । बस काठमाडौ उपत्यकाका रुटमा चल्न सुरु गरेका छन् । दुईवटा बस रत्नपार्क, ठमेल, नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने जनाइएको छ ।
अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझा यातायात प्रालिले जनाएको छ । तर यी बसमा चालक र परिचालक सबै महिला रहने छन् । अपांगतामैत्री यस बसमा अपांगता भएकाहरुले ह्वीलचियरसहित सजिलै चढ्न सक्ने जनाइएको छ ।
जम्मा २६ भएको यस बसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका पनि सजिलै चढ्न र ओर्लन सक्नेछन् । बाँकी बस चीनमा बन्दै गरेका र क्रमशः नेपाल ल्याउने तयारी गरिएको साझा यातायात प्रालिले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्