काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बसिरहेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आउँदो चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज साेमवार केन्द्रीय समिति बैठक बोलाउनुभएको हो ।
आजको बैठकमा विभिन्न भातृ सङ्गठनका विषयमा पनि निर्णय हुने सम्भावना छ । बैठकका लागि सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालय सानेपा जानुभएको छ । उहाँ पार्टी कार्यालय पुग्दा शेखर कोइराला पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
भातृ सङ्गठन भताभुङ्ग बनाएको एकलौटी नियुक्ति गरेको भन्दै कोइराला पक्षका कार्यकर्ताले सभापति देउवालाई अवरोध गरेका हुन् । उनीहरूले कालो ब्यानर देखाउँदै नाराबाजी पनि गरेका छन् ।
प्रकाशित मिति : सोमबार, असार २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्