प्रतिगमनलाई बल पुग्नेगरी समाचार प्रकासन प्रसारण नगर्न मुख्यमन्त्री केसीको पत्रकारहरुलाई आग्रह

प्रतिगमनलाई बल पुग्नेगरी समाचार प्रकासन प्रसारण नगर्न मुख्यमन्त्री केसीको पत्रकारहरुलाई आग्रह

बुटवल

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउँदै त्यसलाई निस्तेज गर्नेगरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । उहाँले प्रतिगमनलाई बल पुग्नेगरी कुनै प्रकारका समाचार सामाग्रि प्रकासन प्रसारण नगर्न पनि आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले संघीयताको विरुद्धमा प्रतिगमनकारी शक्ति सलवलाएको बताउनु भएको हो ।
लामो संघषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनेगरी प्रतिगमनकारी शक्तिले संघीयतालाई गलत ढंगले प्रचार गर्ने काम गरेको भन्दै त्यसको सहि विश्लेषण गरेर उपलब्धिको रक्षा हुनेगरी कलम चलाउन मुख्यमन्त्री केसीले आग्रह गर्नुभयो । संघीयतालाई बोझिलो भयो, अनावश्यक खर्चिलो भयो र संघीयताबाट उपलब्धि पनि भएन भन्नेगरी प्रचारप्रसार भईरहेको बताउँदै उहाँले संघीयताकै कारण क्षेत्रगत विकासको आधार तयार भएको दावी गर्नुभयो ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पनि प्राप्त उपलब्धिको रक्षामा जोड दिनुभयो । उहाँले संघीयताकै कारण पत्रकारहरुको प्रतिस्पर्धी क्षमतामा विकास भएको पनि बताउनु भयो ।
त्यस्तै अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास पनि हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राख्नुभयो ।

प्रकाशित मिति : मंगलबार, असार २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij