उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डाै – पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि  बढेको छ ।

प्रतिनिधि सभा सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले हिजो चुनावी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएपछि सचिवालयले तालिका सार्वजनिक गरेको हो । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६  साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार  बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो व्यवस्थाअनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार  हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी  भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् । यसअघि सङ्घीय संसदमा सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा  तुम्बाहाङ्फे  निर्वाचित  हुनुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, असार ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij