काठमाडौं – नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले प्रहरी प्रमुख (आइजिपी) नियुक्ती बदर गर्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो।
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले रिट दायर गरेका थिए।
उनले आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका थिए।
सर्वोच्चको यो फैसलासँगै अब एक महिना मात्रै कार्यकाल बाँकी रहेका पोखरेलसामू प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने विकल्प मात्रै बाँकी रहेको छ।
प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्