काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ।
आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगन थापाका बैठकका प्रस्ताव र प्रवक्ता डा. प्रकाशशरण महतको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदनमाथि छलफल भएको मुख्यसचिव पौडेलले बताए।
यस्तै बैठकमा सरकारका काम तथा पार्टी नेतृत्वको भूमिकामाथि पनि छलफल भएको थियो।
प्रकाशित मिति : सोमबार, साउन २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्