मुक्तकमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

मुक्तकमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्तकमैया लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले मुक्तकमैया, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्वासीको पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले हरुवाचरुवा लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताउनुभयो । मुक्तकमैयालाई आत्मनिर्भर बनाउन, उनीहरूको स्वतन्त्रता र स्वाभिमानलाई आत्मसम्मान गर्न तीनै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, साउन २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij