झापा – झापाको कचनकवल गाउँपालिका ५ बेल्लेमा एउटै रुखमा तीन जना किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन् ।
आज आइतवार बिहान स्थानीय चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएकाे अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो । हिजो शनिवार दिउँसो घुम्न जाने भनेर घरबाट निस्केका उनीहरू बेलुकासम्म सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरेर खोजी गर्दा आज बिहान झुन्डिएकाे अवस्थामा शव फेला परेका हुन् ।
प्रहरीले तीनै जनाको शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिए पनि कारण खुलेको छैन ।
प्रकाशित मिति : आइतबार, साउन ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्