आयल निगमले भन्यो : हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं

आयल निगमले भन्यो : हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ ।

भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । यो बक्यौता रकम भुक्तानी गर्दै क्रमश: पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्नुपर्ने दायित्व रहेको रहेको भन्दै निगमले यो पटक मूल्य नघटाउने स्पष्ट पारेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।

प्रकाशित मिति : बुधबार, साउन १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij