चितवन – पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका-२९ मा रहेकाे केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेकाे छ । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडककाे अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्