बुटवलको सडक निर्माणमा देखिएका अड्चन हटाउने निर्णय

बुटवलको सडक निर्माणमा देखिएका अड्चन हटाउने निर्णय

बुटवल
बुटवल–बेलहिया व्यापारिक सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा देखिएका समस्या समाधानका लागि बनेको विशेष अनुगमन समितिको बैठकले सडक विस्तारको काममा देखिएका अड्चन हटाउने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा समितिका संयोजक टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले चौराहादेखि गोलपार्कसम्म सडक निर्माण गर्ने क्रममा सडकको दायाँबायाँ निर्माणाधीन नालाको ढक्कन लगाउने कार्य शुरु गर्ने निर्णय गरेको छ ।

यस्तै विद्युतको पोलहरु सबै जडान गरी आगामी बैठकसम्म कार्य सम्पन्न गरिसक्ने, खानेपानीको पाइप व्यवस्थापन गर्न खानेपानी संस्थानले निर्माण कम्पनीसँग समन्वय गरी पूरा गर्ने र आगामी बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका संयोजक टेकराज पन्थीले जानकारी दिए ।

यस्तै बैठकले टेलिफोन पोल र क्याबिनेट सबै कार्य तुरुन्त व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकमा बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका योजना प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट, वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्स्ट्रक्सनका सुवित श्रेष्ठको सहभागिता रहेको बताइएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij