काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्न नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन्।
दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए। माओवादी र नेसपाबीच साझा चिह्न, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ।
नेसपाले पनि माओवादीकै हँसिया हथौडा चिह्नमा चुनाव लड्दैछ। दुबै पार्टीको केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोग पुगेर अनुसूची १३ बमोजिम निवेदन दिने तयारी छ।
निवेदन दिने र संयुक्त रुपमा चुनाव लड्ने विषयको अन्तिम निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। माओवादी केन्द्रसँग भएको सहमति जानकारी गराउन नेसपाले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर नै आयोगमा बुझाउने तयारी गरेको छ। माओवादीले निर्वाचन प्रयोजनका लागि आइतबार नै दल दर्ता गरेको छ।
यसअघि माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच पटक–पटक भएका वार्तामा पार्टी एकताको सहमति भएको थियो।
प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्