अवैध संरचना हटाउन मेयर बालेन्द्रको ‘एक्शन’, अहिलेसम्म कहाँ–कहाँ चल्यो डोजर ?

अवैध संरचना हटाउन मेयर बालेन्द्रको ‘एक्शन’, अहिलेसम्म कहाँ–कहाँ चल्यो डोजर ?

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले बनाएका संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।

अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचना डोजर लगाएर हटाइएको हो । महानगरले आज सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ भने अन्डरग्राउन्डमा राखिएका पसल पनि भत्काएको छ ।

यस्तै न्युरोडको आरबी कम्प्लेक्समा पनि नक्सामा उल्लेख भएभन्दा बाहिरका संरचना महानगरले हटाइदिएको छ । महानगरले आजै न्युरोडको रञ्जना गल्लीमा रहेका अवैध पसल र संरचनामा पनि डोजर चलाएको छ । मेयर बालेन्द्र साहसहितको महानगरको टोलीलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले पनि सहयोग गरिरहको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डसहितको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेको भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।

महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने देखाएको छ ।

 

अन्तिम अपडेट: भदौ ८, २०७९

प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij