शान्तिमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

शान्तिमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

 

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा५ मा रहेको नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो अटिजम विद्यालय संचालनमा ल्याएको छ ।

आज बुधबार लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउनको लागि शान्ति नमुनाले चालेको कदमप्रति प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउदै बालबालिकाको जीवन सहज बनाउनको लागि चाहिने स्रोत साधनको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताउनुभयो । पछिल्लो समयमा आमा बुबाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिईने मोबाईका कारण पनि अटिजम हुने गरेको बताउनुभयो ।

अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताउनुभयो । हेर्दा सामान्ने देखिने बालबालिकाहरुमा समेत अटिजमको समस्या हुने भन्दै उहाँले लामो समयको घुलमिल पछि मात्र समस्या थाहा पाउन सकिने जानकारी दिनुभयो ।

शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम विद्यालय संचालन गर्न लागेको बताउदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाइने उल्लेख गर्नुभयो ।

उहाँले त्यसका लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराई दिन स्थानीय तह र प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij